सत्तासाझेदार नसच्चिए आन्दोलन : मोर्चा

मंसिर १३, काठमाडौँ- एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलिय मोर्चाले कांग्रेस एमाले सहमतिका लागि लचिलो नभए सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । बिहान एकीकृत नेकपा माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले सहमतिका लागि कांग्रेस र एमालेलाई केही दिन समय दिने निणर्य समेत गरेको छ । मोर्चाको बैठकले सहमतिका लागि अझै अन्तीम प्रयास गर्ने निर्णय गरेको हो । बैठक पछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुको पहिलो जोड सहमतिकै लागी हुने बताउनु भयो । यदि सहमति नै भएन भने जनताकोबीचमा गएर आन्दोलन गर्ने प्रचण्डले बताउनु भयो । सार्क सम्मेलन सबैको सहयोगमा सफल भएको मोर्चाले ठहर गरेको छ । भोलीदेखी बस्ने संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकलाई निस्कर्षमा पु¥याउनु पर्ने पनि मोर्चाले जनाएको छ ।