पेलेको स्वास्थमा सुधार

काठमाडौँ-ब्राजिलियन फुटबलर पेलेले आफू गम्भीर बिरामी नभएको जनाएका छन् । उनले  ट्विटर मार्फत आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् ।  यसअघि बिहिबार अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका पेले गम्भीर बिरामी भएको बताइएको थियो । अस्पतालले समेत उनलाई आकस्मिक कक्षमा राखिएको जनाएपछि उनको स्वास्थ्यलाई लिएर निकै चिन्ता व्यक्त गरिएको थियो । ७४ वर्षीय पेलेलाई पिसावमा संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको इन्टेन्सिभ केयर युनिट –आइसियू०मा समेत नराखिएको पेलेले जानकारी गराएका छन् । ‘सबैलाई मेरो स्वास्थ्य राम्रो भएको जानकारी गराउन चाहन्छु,’ उनले ट्विटरमा लेखेका छन्,‘मलाई आइसियूमा राखिएको होइन,छुट्टै उपचार मात्र गरिएको हो ।’