३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै १८ औँ सार्क सम्मेलन सम्पन्न, मोदी बिहिबार नै फर्के

मंसिर ११, काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औं शिखर सम्मेलन काठमाण्ठौ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सार्क राष्ट्रहरुमा आर्थिक संबृद्धि, उर्जा, मोटर, रेलसेवा, आतंकबाद नियन्त्रण लगायत बिषयलाई मुख्य एजेन्डामा हस्ताक्षर  बनाएर तयार पारिएको सार्क घोषणा पत्र जारी गरेसँगै सम्मेलन सम्पन्न् भएको हो ।

प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गरेपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन गरेका हुन् । १८ औँ सार्क सम्मेलनले ३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दे सम्पन्न् गरेको ट ।  सार्क बैठकले ११ क्षेत्रीय केन्द्रहरु घटाएर ५ ओटामा झार्ने औपचारीक निर्णय पनि गरेकोछ ।

सम्मेलनमा नेपालका प्रधानमन्त्री  कोइराला, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रिपति मेहमद असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ टोग्वे, मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बांगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदले सहभागी थिए ।

सार्क देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति रामबरण यादबले आयोजना गरेको रात्रीभोजमा सहभागि भएर भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति घानी र  श्रीलंकाका राष्ट्रपति राजापाक्ष आजै स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।