फेरि पनि सडकमा सर्वसाधारणसँग हात मिलाए मोदीले

मङ्सिर ११, काठमाडौं-प्रधानमन्त्री शुशील कोइरालाको निमन्त्रणालाई स्विकार्दै  नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि गुडीरहेको आफ्नो गाडीबाट झरेर सर्वसाधारणसँग हात मिलाएका छन् । अघिल्लो पटक नेपाल भ्रमणका क्रममा बानेश्वर चोकमा गाडी रोकेर सर्वसाधारणसँग हात मिलाउँदै अभिनन्दन गरेका मोदीले बिहिबार सार्क सम्मेलन समापन भएपछि सोल्टी होटल जाने क्रममा कालीमाटी चोक भन्दा केही पर पट्टी एका एक सडकमा ओर्लिएर सर्वसाधारणसँग हात मिलाएका हुन् ।
मोदीसँग हात मिलाउँदा सयौंको संख्यामा रहेका सर्वसाधारणले  तँछाड मछाड गरेका थिए । मोदी सार्क सम्मेलनमा सबै भन्दा सुरक्षा थ्रेट भएको नेतामा गनिन्छन् ।