अरनिको र बीपी राजमार्गमा सवारी साधन चल्न निषेध, सुरक्षा व्यबस्था कडा

मंसिर ११, काठमाडौँ-सार्क सम्मेलनमा आएका पाहुना आज   धुलीखेल रिट्रीटमा  गएकाले सुरक्षा संवेदनशिलताको कारण देखाउँदै अरनिको र बीपी राजमार्गमा लामो दुरीमा चल्ने सवारीलाई बन्द्य गरिएको  छ । सार्कका राष्ट्रध्यक्ष र सरकार प्रमुखहरु हेलिकप्टरमार्फत गएपनि विशिष्ट पाहुनाहरु सडक मार्फत जाने भएकाले भएकाले सवारी साधन चलाउन रोकेको काभ्रेका प्रमूख जिल्ला अधिकारी केदार न्यौपानेले बताए । प्रअि न्यौपानको अनुसार धुलिखेल–काठमाण्डौ रुटमा अघिल्लो दिनको तुलनामा आज निकै कम सवारी साधन चलिरहेको भएपनि आवश्यकता हेरेर त्योसमेत बन्द हुन सक्नेछ । सुरक्षा चेकजाँचलाई कडा बनाइएको छ भने धुलिखेल र होटल आसपासमा सयौँको संख्यामा सुरक्षाकर्मी तैथान गरिएको छ । यसअघि बिहान सोल्टी होटेलदेखि विमानस्थलसम्मको सडक केहीबेर बन्द गरिएको थियो ।