सार्क शिखर सम्मेलन आज सकिंदै

मंसिर ११, काठमाडौँ-बुधबारदेखि शुरु भएको १८औं सार्क शिखर सम्मेलन आज सकिंदैछ । आज अपराह्न्न ४ बजे सार्क काठमाण्डु घोषणापत्र जारी गर्दै सम्मेलनको औपचारिक समापन हुनेछ ।  सार्क मन्त्रीस्तरीय बैठकले तयार गरेको मुद्दालाई घोषणापत्रको रुपमा जारी गरिनेछ । समापन समारोहमै १९औं सार्क सम्मेलन आयोजक राष्ट्रको पनि औपचारिक घोषणा गरिनेछ ।