अरुण तेस्रो जलविद्युत् आयोजनाको पिडिएमा हस्ताक्षर

मंसिर १०, काठमाडौं-लगानी बोर्ड र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतजल विद्युत् निगमबीच परियोजना विकास सम्झौता ९पिडिए०मा हस्ताक्षर भएको छ। सिंहदरबारमा  प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र सतजल विद्युत् निगमका सिएमडी आरपी सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो।