काठमाडौँमा सुरक्षा व्यबस्था कडा पारियो

मंसिर १०, काठमाडौं-१८ औँ सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सार्क राष्ट्रका प्रमुखहरुको सुरक्षाका लागि अस्तिदेखि नै जोर बिजोर प्रणालीमा मात्र सवारी साधन चल्न दिइएको छ भने सरकारले एकीकृत सुरक्षा प्रणाली लागू गरेको छ । उपत्यकामा करिब २८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई समेत खटाइएको छ । साथै हवाइ गस्ती पनि भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।