सार्क विदेश मन्त्रीस्तरीय बैठक आज पनि

मंसिर १०, काठमाडौं-१८ औं सार्क शिखर सम्मेलनअन्र्तगत विदेश मन्त्री स्तरीय बैठक आज पनि जारी रहने छ । सचिवस्तरीय बैठकले गरेको निर्णय मन्त्रीस्तरीय बैठकले हिजो अनुमोदन गर्ने भनिए पनि हिजो विदेशी पाहुनाहरुको आगमनका कारण बैठक स्थगित गरिएकाले आज बिहानै बैठक बस्न लागेको हो । सार्क मुलुकबीच यातायात, उर्जा रेलमार्गलगायतका विषयमा सम्झौता हुने गरी मन्त्री स्तरीय बैठकले एजेण्डा तय गर्दैछ । सचिवस्तरीय बैठकका एजेण्डा सार्क मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि काठमाडौं घोषणापत्र जारी गर्नका लागि शिखर सम्मेलनमा प्रस्तुत गरिनेछ । सम्मेलनमा यातायात, रेलमार्ग र उर्जासम्बन्धी ३ मुख्य सम्झौता कार्यकारी प्रमुखहरुको उपस्थितिमा मन्त्रीस्तरबाट हुने कार्यक्रम छ ।