आज अठारौ सार्क

मंसिर १०, काठमाडौं-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को अठारौं शिखर सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । ‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराका साथ सम्मेलन शुरु भएको हो । राजधानीको राष्ट्रिय सभागृहमासुरु  सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन् । तीन दशकअघि स्थापना भएको सार्कमा नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। आजको सम्मेलनमा नेपालको प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले स्वीकृति जनाउने छन् ।

सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री कोइरालाले सम्बोधनका लागि निम्त्याउने कार्यसूचीमा उल्लेख छ । सम्मेलनमा पर्यवेक्षकमा अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, म्यानमार, अमेरिका र युरोपेली संघका प्रतिनिधिले मन्तव्य राख्नेछन् ।  सम्मेलनमा ४९ वर्षका भुटानी प्रधानमन्त्री सबैभन्दा कान्छा छन् भने सबैभन्दा जेष्ठ ७५ वर्षीय कोइराला छन्।

आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हुनेछ। त्यसपछि श्रीलंकाले आयोजना गर्नेछ। श्रीलंकापछि अहिलेसम्म आयोजक बन्न पाएको अफगानिस्तानमा सम्मेलन हुनेछ। सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे मंगलबार काठमाडौं आइपुगेका छन्। हसिना र राजपाक्षे सार्कमा सबैभन्दा अनुभवी नेता मानिन्छन् भने अन्य ६ जना नेता सार्कका लागि नयाँ अनुहार हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार सार्क मन्त्रीस्तरीय बैठक मंगलबार निष्कर्षमा नपुगेपछि बुधबार पहिलो चरणमा मन्त्रीस्तरीय बैठक हुनेछ, त्यसपछि शिखर सम्मेलन उद्घाटन हुनेछ। बिहीबार बिहान आठ बजे सबै नेताहरूलाई रिट्रिटका लागि धुलिखेलको द्वारिकाज होटेल लगिनेछ। सञ्चारमाध्यमलाई प्रवेश नदिइएको उक्त कार्यक्रममा सार्क नेताहरूबीच अनौपचारिक कुराकानी हुनेछ। यसलाई सम्बन्ध विस्तारका हिसाबले महत्त्वपूर्ण अवसर मानिएको छ। त्यही बेला प्रथम महिलाहरूले भक्तपुर भ्रमण गर्नेछन्।    सार्क भोलिसम्म चल्नेछ ।