अन्तत: दुई चिरा भयो नेकपा माओवादी (विज्ञप्ती सहित)

mohan b biplabमंसिर ८, काठमाडौँ-नेकपा माओवादी औपचारिक रुपमा नै फुटेको छ । मोहन बैद्यको संस्थापन पक्षले सचिव नेत्रविक्रम चन्दसँग सम्बन्ध विच्छेदको भएको बताए पछि पार्टी दुई चिरा परेको हो । यसअघि आज बिहान अध्यक्ष वैद्यलाई चन्द पक्षले बुझाएको तीन बुँदे पत्रबारे संस्थापन पक्षले निर्णय गर्दै क्रान्तिकारी लाइनलाई हेर्ने दृष्टिकोणमा नै फरक परेपछि अब एक भएर अगाडि बढ्न नसकिने भन्दै पार्टी फुटेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

चन्द पक्षले पनि अध्यक्ष वैद्यलाई ३ बुँदे असन्तुष्टि पत्र बुझाएर औपचारिक रुपमा पार्टीबाट अलग भएको घोषणा गरेको छ । नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा दिउसो बसेको केन्द्रीय समितिको बैठकमा  औपचारिक पत्र बुझाएपछि दिउँसो एक साथ बाहिरिएको असन्तुष्ट समूहका एक नेताले जानकारी दिए ।  अध्यक्ष वैद्यलाई बुझाएको तीन बुँदे पत्रमा क्रान्तिकारी लाइनलाई हेर्ने दृष्टिकोणमा नै फरक परेपछि आजैका मितिदेखि सम्बन्ध विच्छेद गरेको उल्लेख छ ।