सवारी दुर्घटनामा महिलाको मृत्यू, ठक्कर दिएर गाडी चालक फरार

मंसिर ८, काठमाडौं- धादिङमा  आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गजुरीमा गाडीले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारीसहित चालक फरार भएको र खोजीकार्य जारी राखिएको छ । विहानै देखि  अवरुद्ध बनेको  पृथ्वी राजमार्ग अन्तर्गतको गजुरी सडकखण्ड खुलाउने प्रयास जारी रहेको बताइएको छ ।