सार्क सचिव स्तरीय बैठक शुरु

मंसिर ८, काठमाडौं-१८ औँ सार्क सम्मेलनको भव्य रुपमा तयारी भइरहेका बेला आजपनी सार्क राष्ट्रका विदेश सचिवहरुको बैठक आज पनि जारी रहनेभएको  छ । हिजोदेखि  शुरु भएको बैठकमा आज उर्जा, जलस्रोत, यातायात, खाद्य सुरक्षा, कृषि, जलवायु परिवर्तन सार्क एपेक्स, सार्क संयन्त्रहरुलगायत विभिन्न विषयमा छलफल हुनेछ । हिजो र आजको बैठकले तयार गरेको प्रतिवेदन भोलि शुरु हुने सार्क विदेश मन्त्रीस्तरीय बैठक पेश गर्नुपर्नेछ । सार्क मन्त्रिस्तरीय बैठक भोलिदेखि शुरु हुँदैछ ।