छबिको जन्मदिनमा रेखा गइनन्

काठमाडौं-निमार्ता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे । विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी,पुजना प्रधान र शिल्पा पोखरेलले बर्थ डे केक खुवाएका थिए ।

उनलै ब्रेक दिएका हिरोहरु आयुष रिजाल, सबिन श्रेष्ठ र किशोर खतिवडाका साथमा दिपाश्री निरौला,नीर शाह,श्याम सेतान लगायतकाले केक खुवाएर शुभकामना दिएका दिए ।