बैद्य माओवादीको बैठक आज पनि जारी

मंसिर ८, काठमाडौं-मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको विस्तारित बैठक आज पनि जारी छ  । हिजोदेखि शुरु भएको माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकमा   आज  पार्टीको आन्तरिक विवादलगायतका विषयमा छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । बैठक अहिले केही बेरमा ललितपुरको कुपण्डोलमा शुरु हुने प्रवक्ता भुषालले बताइन् । यसअघि हिजोको हिजोको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दबीच आरोप प्रत्यारोप चलेको थियो । बैठकमा आज दुवै पक्षले उठाएको बहसमाथि नेताहरुले टिप्पणी गर्ने स्रोतले जनाएको छ ।