२४ घण्टा पनि टिकेन तीन दलीय सहमति

मंसिर ७, काठमाडौँ- शीर्ष तीन दल बिच भएको सहमती २४ घण्टा सम्म पनि कायम रहन सकेन । नेपाली  कांग्रेस, एमाले र एमाओवादीबीच भएको सहमतिमा एमाओवादीबाहेक १९ दलले तीन दलीय सहमति अस्वीकार गरेपछि पुनः गतिरोध देखिएको छ । संवाद समितिमा प्रस्तुत भएका सबै दलका प्रस्ताव अघि बढाउन प्रमुख तीन दलबीच हिजो साँझ सहमति भएको थियो । तीन दलीय निर्णय अनुमोदन गर्न आइतबार बिहान सिंहदरवारमा बसेको एमाओवादी नेतृत्वको मोर्चाका १९ दलले सहमति अस्वीकार गरेका छन् । ‘१९ दलले नमानेपछि सहमति लागू गर्न नसकिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए । मोर्चामा आबद्ध १९ दलको असहमतिका कारण संवैधानिक(राजनीतिक संवाद तथा सहमति समितिको आइतबारको बैठक बस्न सकेन । समिति सभापति बाबुराम भट्टराईले अब सार्क सम्मेलनपछिमात्रै थप वार्ता र छलफल हुने बताए ।