सार्वाधिक गोल गर्दै मेस्सीले बनाए नयाँ रेकर्ड

काठमाडौँ-स्ट्राईकर लियोनल मेस्सीले सार्वाधिक गोल गोल गरेर नयाँ रेकर्ड बनाएका छन् । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राईकर समेत रहेका मेस्सीले गएराती भएको खेलमा स्पेनीस ला लिगाका तर्फबाट गोल गर्दै सर्वाधिक गोलकर्ता सुचिमा सुचकृत भएका हुन् ।

मेस्सीले सेभियाविरुद्ध ह्याट्रिक गरेपछि उनले यसअघि टेल्मो जाराले बनाएको २ सय ५१ गोलको रेकर्डलाइ तोडेका छन् । यो नयाँ रेर्कडसँग उनले आफ्नो नाममा स्पेनीस ला लिगामा सर्वाधिक २ सय ५३ गोल गरेको कीर्तिमान कायम भएको छ ।

यस अघि मेस्सीले युएफा च्याम्पियन्स लिग फुटबलमा ७१ औं गोल गर्दै राउल गोन्जालेजको कीर्तिमानसँग बराबरी गरेका थिए ।यो  किर्तिमानसंगै उनी एकै सिजनमा सर्वाधिक ६८ गोल गर्ने खेलाडीका साथै एकै क्यालेण्डर वर्षमा सर्वाधिक ९१ गोल गर्ने खेलाडी समेत बनेका छन ।