असन्तुष्ट चन्द पक्ष सहित माओवादी बिस्तारित बैठक शुरु

मंसिर ७, काठमाडौँ-मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रीय समिति बिस्तारित बैठक आजबाट शुरु हुदैछ । बैठकमा असन्तुष्ट सचिव नेत्रविक्रम चन्द पक्ष पनि सहभागि हुन राजी भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।  अध्यक्ष मोहन वैद्य र चन्दबीच हिजो भएको छलफलमा आप्mना एजेण्डासहित बैठकमा उपस्थित हुन चन्दपक्ष सहमत भएको थियो । संस्थापनले यस अघि चन्द लगायतका नेतालाई स्पष्टीकरण लिने भनि गरेको निर्णय फिर्ता लिएको थियो । बैठक किेही बेरमा माओवादी पार्टी कार्यालय बुद्धनगरमा बस्ने प्रवक्ता भुषालले बताइन् ।