कांग्रेसले बसपार्क बन्न दिएन : एमाले

मंसिर ४,  कास्की-पोखरामा लामो समय जग्गा अधिग्रहण गरी हाल सम्म पनि वसपार्क बन्न नसक्नुमा नेपाली कांग्रेस दोषी रहेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले कास्कीले पोखरा बसपार्क निर्माण गर्ने भन्दै समिति बनाएको र त्यसले कुनैपनि काम थाले आफुहरुले विरोध गर्ने जनाएको छ । एमाले कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पोखरा बसपार्क निर्माण गर्ने भनेर नेपाली कांग्रेस सम्बद्ध मानिसहरुको हालीमुहाली हुन थालेको भन्दै त्यसप्रति आक्रोस ब्यक्त गरेका हुन् ।  नेपालकै दोश्रो राजधानी तथा पर्यटकिय हिसावले महत्वपूर्ण शहरमा बसपार्क नहुनु लाजमर्दो कुरा भएको वताउदै नेपाली कांग्रृेसकै कारण पोखरामा बसपार्क बन्न नसकेको वतए । २०३२ सालमा जग्गा अधिग्रहण गरेको भएतापनि हालसम्म नेपाली कांग्रेसलेनै पोखरा उपत्यका नगर बिकासमा हाली मुहाली मच्चाइरहेको र उनीहरुकै कार्यकालमा २ सय ५ रोपनी जग्गामा रहेको वसपार्कलाई हाल आएर ८० रोपनीमा झार्ने काम भएकोमा खेद समेत ब्यक्त गरे । पोखराको बिकासमा भुमिका खेल्ने पोखरा उपत्यका नगर बिकास समितिले बसपार्क निर्माणको कुरा गरेपनि नेपाली कांग्रेसको हाली मुहाली भएकाले बसपार्कको जग्गा बेचेर टहरा निर्माण गर्ने, सुकुम्बासी बसाउने काम गरेको र त्यसलाई नहटाइ बसपार्क कुनैपनि हालतमा निर्माण हुन नसक्ने समेत अध्यक्ष थापाले वताए ।