श्रीमती हत्यारा दुई दशक पछि पक्राउ

मंसिर ४, दिपायल-श्रीमतीको हत्या गरेर फरार श्रीमान २२ बर्षपछि पक्राउ परेका छन् । ५३ वर्षीय भवे लुहारलाई गएराती  क्षेत्रीय अनुसन्धान टोली कञ्चनपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार निज लुहारले वि।सं। २०३८ मा आफ्नो घरायसी विवादका क्रममा आफ्नी श्रीमती मुन्नी लुहारलाई स्थानीय जंगलमा हत्या गरेका थिए। यस घटना भएको निकै समय पछि विं।सं। ०२४९ मा कञ्चनपुर जिल्ला अदालतले निज लुहारलाई ज्यान मुद्दामा दोषि ठहर्‍याउँदै पुनरावेदन अदालत र क्षेत्रीय अदालतबाट समेत सदर गराएर सर्वस्व सहित २० बर्षको कैद सजाय सुनाएको थियो ।