फरार १३ अभियुक्त पक्राउ

मंसिर ३, काठमाडौ-अदालतबाट दोषी प्रमाणित भई विभिन्न मुद्दामा सजाय तोकिएका फरार १ सय १३ अभियुक्त कञ्चनपुरमा एकवर्षका अवधिमा पक्राउ परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान टोलीले विभिन्न मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई अदालतले पाँच वर्षदेखि २० वर्षसम्म कैद सजाय तोकिएको थियो । पक्राउ परेका सबै अभियुक्तबाट टोलीले ७३ लाख ५९ हजार जरिवानाबापतको राजस्व अशुल गरेको छ ।