राष्ट्रिय औद्योगिक व्यापार मेला ४ गते देखि

मंसिर ३, काठमाडौँ- मंसिर ४ गतेदेखि १४ गते सम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७१ को तयारी पूरा भएको छ ।  पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग बाणिज्य महासंघको आयोजना एवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यकानगर विकास समिति, जिल्ला विकास समितिकास्कीको सहयोग, नेपाल पर्यटनवोर्डको प्रवद्र्धन तथा राष्ट्रिय बाणिज्य वैंकको मूख्य प्रायोजन एवं हेल्लो नेपालको सहप्रायोजनमा मेलाको अर्थमन्त्री डा। रामशरण महतले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

यस पटकको मेला अत्याधुनिक प्रविधीको प्रयोग गरेर उद्घाटनको तयारी गरीएको मेला संयोजक एवम् पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उदेश्यले मेलाको आयोजना गरिएको हो ।  मेलामा राखिएका सबै जसो स्टलको बुकिङ भईसकेको छ ।

मेलालाई पृथकतादिन यस पटक मेलाको साँस्कृतिक कार्यक्रममा विविधताको प्रयास गरिएको छ । फेसन सो, हाँस्य प्रहसन, शारिरीक सुगठन प्रतियोगिता, तेक्वाण्डो र जिम्न्याष्टिकको प्रस्तुति, ख्याति प्राप्त ब्याण्डहरुको लाइभ सांगीतिक कार्यक्रम तथा लोकदोहोरी, सुगम संगीत तथापपगीतकाचर्चित कलाकारहरुको प्रस्तुतिले पनि मेलाको मनोरञ्जनात्मक पक्षलाई सवल बनाउने आयोजकको विश्वास रहेको छ ।