कार्यदिशा तय गर्न चन्दद्धारा विशेष महाधिवेशन माग

मंसिर ३, काठमाडौँ-केन्द्रिय कमिटीको बैठक बहिष्कार गर्दै आएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीको नयाँ कार्यदिशा तय गर्न तत्काल विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन बोलाउन माग गरेका छन् ।  राजधानीमा बमर्यक्रममा  चन्दले पार्टी नेतृत्वले अपरिपक्व निर्णय गरेर स्पष्टिकरण सोधेकोप्रति आपत्ति जनाउँदै स्पष्टिकरणसहित बैठकमा सहभागी नहुने बताए ।

कार्यक्रममा बोल्दै नेता चन्दले भने स्पष्टिकरण सोध्ने र आन्तरिक सर्कुलर जारी गर्ने निर्णय गुटपरस्त भएको भन्दै चन्दले यसबारे नेतृत्वले आत्मालोचना गर्नुपर्ने समेत बताए ।  माओवादी जनयुद्ध लगायत हालसम्मका उपलब्धि खतरामा रहेको भन्दै उनले एकीकृत कार्यदिशा तय गरी प्रतिरोध संघर्षमा जानुपर्नेमा जोड दिए ।