निजी अस्पतालमा जाने चिकित्सकमाथि कारबाही

मंसिर २, चितवन – चितवनको भरतपुर अस्पतालले निजी अस्पतालमा काम गर्न जाने चिकित्सकमाथि निगरानी गर्न थालेको छ ।  अस्पतालको काम नै छाडेर निजी क्लिनिकमा चिकित्सकहरू जाने गरेको गुनासो आएपछि चिकित्सकहरूमाथि निगरानी राख्न सुरु गरेको भरतपुर अस्पतालले जनाएको  छ । मध्याह्न १२ बजे खानाको समय राखेरसमेत चिकित्सक जाने गरेको पाइएपछि अहिले बिहान ९ देखि २ बजेसम्म अस्पतालकै काममा व्यस्त हुनुपर्ने नियम बनाइएको र यदि नभएको पाए कारबाही गरिने डा भुर्तेलले बताउनुभयो । मध्याह्न खाना खाने निहुँमा चिकित्सकहरू निजी क्लिनिकमा गएर बिरामी जाँच्ने गरेका थिए ।  साँझ तोकिएको समयमा पनि चिकित्सकहरू अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र बोलाएको बेलामा तुरुन्तै आउनुपर्ने नत्र कारबाहीको भागिदार बन्नुपर्ने अस्पतालले बताएको  छ ।