पानीका कारण टी २० अभ्यास सेरिज प्रभावित, भोलि के होला भन्ने अन्योलता कायमै

मंसिर २, काठमाडौँ-टी २० मान्यता पाएको नेपालले पहिलो पटक टी २० क्रिकेट सेरिज   भोलीदेखि हङकङसँग श्रीलंकाको दाम्बुलामा खेल्दैछ । दुबै टोली दाम्बुला पुगिसकेका छन् । मंगलबार नेपाली टोलीले रनगेरी दाम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अभ्यास खेल खेलेको छ । अभ्यास खेलको क्रममा कप्तान पारस खड्को गोडाम चोट लागेको छ । यद्यपी आजको खेल पनि पानी पर्ने र रोकीने क्रमका बिच खेल प्रभावित बन्यो ।मौसम प्रतिकुलताका बाबजुद भोलीको खेल के हुन्छ भन्नेमा अन्योलता अझै कायमै रहेको छ । नेपालले हङकङसँग सेरिज खेल्नुअघि दुई पटक तीनदिवसीय खेल खेलेको छ । कुरुनेगालामा भएको पहिलो खेल नेपालले ८७ रनले गुमायो भने पानीका कारण प्रभावित श्रीलंका कम्बाइन ११ विरुद्धको खेल पानीकै कारण नेपालले बराबरीमा चित्त बुझाएको थियो ।