एचएन्डबी अध्यक्षमा पराजुली, सिइओ पहारी

मंसिर ३, काठमाडौँ- एचएन्डबी डेभलपमेन्ट बैंक सञ्चालक समिति अध्यक्षमा सुशीलराज पराजुली चयन भएका छन्। सञ्चालक समितिको मंगलबार बसेको बैठकले पराजुलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
बैंकका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी नायब महाप्रबन्धक महेश्वर पहारीलाई दिइएको छ।एचएन्डबीको समग्र अवस्थामा सुधार देखिएको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार यसको व्यवस्थापनको जिम्मा नयाँ समूहलाई दिएको थियो। बैंकका संस्थापक सेयर धनीहरू पराजुली, माधवप्रसाद आचार्य, गोपालप्रसाद बास्तोला, केदारमान कर्माचार्य र मेखबहादुर गुरुङको समूहलाई राष्ट्र बैंकले एचएन्डबीको जिम्मेवारी दिएको थियो।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको एचएन्डबीमा करिब ८१ करोड रुपैयाँबराबरको ‘गुड फर पेमेन्ट’ प्रकरण भएपछि राष्ट्र बैंकले गत जेठ १४ बाट यसको व्यवस्थापन जिम्मा लिएको थियो। केन्द्रीय बैंकका उपनिर्देशक ज्ञानुकृष्ण अधिकारीको नेतृत्वमा अर्का उपनिर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारीसहितको तीन सदस्यीय समितिले एचएन्डबीको व्यवस्थापन हेरिरहेको थियो।
नयाँ समूहले चाँडै नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने तथा आगामी फागुन अन्तिमदेखि चैत पहिलो साताभित्र वार्षिक साधारणसभा गरी निर्वाचित सञ्चालक समितिलाई बैंक जिम्मा लगाइने योजना राष्ट्र बैंकमा पेस गरेको थियो। त्यसमा सहमत हुँदै केन्द्रीय बैंकले उनीहरूलाई एचएन्डबीको जिम्मेवारी हस्तान्तरण गरेको थियो नागरिकमा खबर छ ।