राष्ट्र बैंकले गर्यो हिमचुलीको हस्तान्तरण

मंसिर २, काठमाडौँ-नेपाल राष्ट्र बैंकले हिमचुली विकास (एचएन्डबी) बैंकको व्यवस्थापन नयाँ सञ्चालक समितिलाई हस्तान्तरण गरेको छ । बैंकमा गत जेठको पहिलो सातामा वित्तीय अपचलन भएर समस्या परेपछि राष्ट्र बैंकले उक्त बैंकको व्यवस्थापन गरेको थियो । यसैगरी राष्ट्र बैंकले माधव आचार्य, सुशील पराजुली, लेखबहादुर गुरुड, केदारमान कर्माचार्य र गोपाल बास्तोलाको समूहलाई नयाँ सञ्चालक समिति गठन गरिदिएको छ । ती पाँचमध्येबाट एकलाई अध्यक्षको जिम्मेवारी नयाँ सञ्चालक समितिले दिने छ ।