मानवअधिकारमैत्री संविधान बनाउन माग

मंसिर २, नारायणगढ- मानवअधिकार तथा कानुन क्षेत्रका प्रमुखहरुले   मानवअधिकारमैत्री संविधान बनाउनमाग गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय बुटवलद्वारा नारायणगढमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकको अधिकार सुनिश्चित हुने गरी संविधान बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजङ्गध्वज कार्कीले नयाँ संविधानमा नागरिकको मौलिक हक सुरक्षित हुनुपर्ने बताए ।