बाबुरामले फेसबुक मार्फत भने ‘जो अगुवा उही बाटो ह….’

मंसिर २, काठमाडौँ-सामाजिक संजालमा सक्रिय एमाओवादीका नेता तथा संवैधानिक राजनीतिक संवाद समितिका सभापति  बाबुराम भट्टराईले नेपाली प्रधामन्त्री एवम् सुशील कोइरालाप्रति कटाक्ष गर्दै जो अगुवा उही बाटो हगुवा भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नतो भट्टराईले प्रधामन्त्री सुशील कोइराला जस्तो शान्ति प्रक्रिाय र संविधान निर्माणको नेतृत्व कर्ता व्यक्तिले नै संवाद समितिको सभापति अर्थात आफू विरुद्ध ध हस्ताक्षर अभियानको नेतृत्व गरेको भन्दै भट्टराईले प्रधामन्त्री कोइरालाको चर्को आलोचना गरेका छन् ।baburam fb

उनले प्रधामन्त्री कोइरालाले राजनीतिक शक्तिका बीचमा समझदारी कायम गरेर संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्ष दिनु भन्दा पनि विदेशी कुटनीतिज्ञसँग छलफल थालेको समेत बताएका छन् ।

भट्टराईले प्रधामन्त्री कोइरलाले कुटनीतिज्ञलाई थुपारेर आन्तरिक राजनीतिमा विवाद सिर्जना गरेको समेत आरोप लगाका छन् ।

भट्टराईले आफूलाई संवाद समितिको सभापति बाट हटाउन प्रधामन्त्रीकै नेतृत्वमा हस्ताक्षर अभियान हुनु संविधान निर्माणको विरुद्ध सरकार लागेको आरोप लगाएका छन् ।