नेवि संघका सभापति रञ्जित कर्ण असक्षम : नेताहरु

३० कात्तिक, काठमाडौ- नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले महाधिवेशन गर्न नसक्ने नेपाल विद्यार्थी संघका बर्तमान सभापति रञ्जित कर्ण असक्षम भएको बताएका छन् । नेवी  संघको ११ औँ महाधिवेशन ७ औँ पटक स्थगति भएपछि रुष्ट बनेका विद्यार्थी नेताहरुले ६ महिनामा अधिवेशन गर्ने जिम्मेवारी पाएको नेताले सात पटक सम्म अधिवेशन स्थगित गरेर आफ्नो अक्षमता प्रष्ट पारिसकेको दावी गर्दै २४ घण्टाभित्र आफूहरुले उठाएको माग पुरा नगरे क्याम्पस क्याम्पसमा गएर भोलीबाट प्रतिकारात्म्क मतदान गर्ने चेतावनी दिए ।

उनीहरुले संविधानसभाका सदस्य समेत रहेका कर्णको बर्खास्तीको माग गरेका छन । आईतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि समितिका पूर्व अध्यक्ष शंकर पौडेलले  पार्टीभित्र बढेको भागबण्डाको राजनीतिले नेविसंघलाई यस्तो दुरावस्थामा पुर्याएको दावी गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको बताए ।

उनले विचार विनाको नेता र संगठन विनाको नेता भएकोले समस्या आएको दावी गरे । पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाले पार्टीलाई विधी सम्मत रुपमा अघि बढाउनु पर्ने धारणा राख्दै आन्तरिक लोकतन्त्रको चिरहरण भएकोले अब आफूहरु एक जुट भए क्याम्पस क्याम्पस गएर यसको भण्डाफोर गर्ने स्पष्ट पारे ।