संविधान निर्माणमा संचारकर्मीको भुमीका अतुलनीय : प्रम

कात्तिक ३०, काठमाडौँ-प्रधानमन्त्री कोइरालाले निर्धारित समयमा नै  संविधान जारी गर्नका लागि संचारकर्मीको भूमिका अतुलनीय भएकाले संचारकर्मी कुनै गुटमा नलागी तार्किक हुन आग्रह गरेका छन् । उनले संचारकर्मीको तारिफ गर्दै भने तपाइहरुको भुमीका महत्वपुर्ण हुन्छ त्यसैले नेता र दलका बीच झगडा फैलाउने काम तपाइहरुले नर्गनुहोस् । कोइरालाले संविधान ल्याउनमा आफूहरु सफल हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैले सकारात्मक दृष्टिकोण राख्न आवश्यक रहेको बताएका छन् । त्यसमा मिडिया क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै कोइरालाले भने ‘पत्रकारबाट पनि दलहरुबीच झगडा फैलाउने काम नहोस् ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सातौँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र विकासका लागि सरकारले संविधानलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।