आईएसद्धारा अर्का अमेरिकी नागरिकको हत्या

काठमाडौ, ३० कात्तिक-काठमाडौं, कार्तिक ३० । इस्लामिक अतिवादी समूह आईएसले अपहरणमा परेका अर्का अमेरिकी नागरिकको पनि हत्या गरेको दाबी गरेको छ । उसले एक भिडीयो  सावजनिक गर्दै अब्दुल रहमान कासिङको हत्या गरेको दाबी गरेको  बीबीसीले जनाएको  छ । भिडीयोमा अमेरिकी सहायता कर्मचारी कासिङको छेदन गरिको भनिएको टाउको लिएर अनुहार छोपेका आईएस लडाकु भिडियोमा उभिएका छन् । धर्म परिवर्तन गरि इस्लाम बनेका कासिङ गत वर्ष पक्राउ परेका थिए ।