मन्त्रिपरिषद्बाटै पुनःसंरचना सुरु गर्नुपर्छ : मन्त्री बस्नेत

कात्तिक ३०, काठमाडौँ-उद्योग मन्त्री महेश बस्नेतले पुनःसंरचनाको काम मन्त्रिपरिषद्बाटै सुरु गर्नुपर्नेे बताएका छन् ।  भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको प्रथम साधारणसभाको आज थिमिमा उद्घाटन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको सही संरचना नहुँदा जनताले सानो काममा पनि दुःख पाइरहेकाले मन्त्रालयहरुको पुनःसंरचना आवश्यक रहेको  बताएका हुन् । अर्थ मन्त्रालयलाई राजस्व मन्त्रालयसहितको दुईवटा मन्त्रालय बनाइनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री बस्नेतले वाणिज्य मन्त्रालयलाई उद्योगमा गाभ्न सके जनतालाई सहज हुने समेत दाबी गरे ।