नेकपा–माओबादीको केन्द्रीय समिति बैठक आज पनी

कात्तिक ३०, काठमाडौँ-मोहन बैद्य नेतृत्वको नेकपा–माओबादीको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । जारी बैठकामा पार्टी भित्र देखिएको अन्र्तबिरोध कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भइरहेको  प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । यसअघि हिजोको बैठकमा बोल्न बाकी सदस्यहरुले आज धारणा राख्ने क्रम जारी रहने माओवादीले जनाएको  छ । यसअघि हिजोको बैठकले पार्टी पद्धति बिपरितको कार्य गरेको भन्दै सचिब नेत्र बिक्रम चन्दसँग स्पष्टिकरण सोध्न अध्यक्ष बैद्यले गरेको प्रस्ताब सर्बसम्मतिले पारित गरेको थियो ।