दलहरुले आज शीर्ष तहमा छलफल गर्ने

कात्तिक ३०, काठमाडौँ-सम्बैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिले आज  प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल गर्ने भएको  छ ।  आइतबार बिहनै देखि अनौपचारीक छलफल जारी रहे पनि औपचारीक छलफलको स्थान र समय भने तय भएको छैन । संबिधान निमार्णको कार्य अन्यौलमा परेका बेला आज सहमतीको पहलमा छलफल हुन लागेको हो ।

सक्तारुढ काग्रेस–एमालेको सात प्रदेशको प्रस्ताब पेस गरेपछि दलहरुबीच सम्बन्ध चिसिदा संबिधान निमार्णको कार्य अलपत्र परेको छ । यसबीचमा दलहरुबीच निरन्तर छलफल भएपनि सहमती जुट्न सकेको छैन ।  सम्बाद समिति सभापति भट्टराइले अन्तिम पटक सहमतीको पहलकोलागि तीन दिनको समय लिदै छलफललाई तिब्रता दिएका छन