पूर्वका ९ जिल्ला बन्दको आह्वान

कात्तिक ३०,झापा-संघिय लिम्वुवान पार्टी नेपालले सरकार र संघिय लिम्वुवान पार्टी नेपालका बीचमा भएको पांच बुंदे सहमति कार्यान्वयनको माग गर्दै आइतबार पूर्वका ९ जिल्लाहरू बन्दको आह्वान गरको छ ।

बन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, मोरङ, सुनसरी, धनकुटा जिल्लाहरूमा बन्दका कारण जनजिवन प्रभावित बनेको छ । यी जिल्लाहरूमा सञ्चान हुने छोटो तथा लामो दुरीका सवारीका साधनहरू नचलेपछि यहाँको जनजिवन प्रभावित बनेको हो । बन्दका कारण यस क्षेत्रमा रहेका बजार, पसल, स्कूल तथा कलकारखानाहरू ठप्प बनेका छन ।

संघिय लिम्वुवान पार्टी नेपालले अरुण पूर्वका ९ वटा जिल्लाहरूलाई लिम्वुवान स्वायत्त राज्य बनाउनुपर्ने लगायत पांच वटा वुदाँमा सहमति भएको तरपनि अहिलेसम्म उक्त कुराको कार्यान्वयन नभएको कारण यो बन्दको आव्हान गरिएको जनाएको छ ।