सत्तासाझेदारले एकलौटी गरे फेरी द्धन्द्ध हुन्छ : प्रचण्ड

कात्तिक २९, काठमाडौँ-एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १ गतेसम्ममा समेत कांग्रेस र नेकपा एमाले एकलौटी रुपमा अघि बढ्न खोजे नेपालमा फेरी द्धन्द्ध सुरु हुने चेतावनी दिएका छन् । दाहालले नेपाली कांग्रेस र नेकपा एमालेका बीचबाट आएको प्रसताव पुन पनि बैठकमा प्रस्तत भए नेपालमा फेरी द्वन्द्व सुरु हुने चेतावनी दिएका हुन् ।

दाहालले कांग्रेस र एमालेले एक्लौटी प्रस्ताब लिएर अघि बढ्न खोजे देश फेरी द्वन्द्वमा फस्ने दाहालले चेतावनी दिएका हुन् । प्रचण्डले तोकिएको समयमा संविधान निर्माणका लागि एमाओवादी बाधक नहुने प्रष्ट पार्दै कांग्रेस र एमालेले ने संविधान जारी गर्न नचाहेको समेत अरोप लगाएका छन् । शनिबार पहिचान सहितको संघीयताका पक्षधर २२ दलको आम सभालाई सम्बोधनका लागि कैलागी पुगेका दाहालले पत्रकार सँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष प्रचण्डले नयाँ संविधान निर्माणको मुख्य जिम्मेवारी समेत कांग्रेस र एमालेले पाएकाले १२ बुधे शान्ति सम्झौता देखि भएका सम्झौतालाई मध्यनजर गर्दै नयाँ संविधानका लागि कांग्रेस र एमालेले ने पहल गर्नुपनेृमा समेत जोड दिएका छन् ।