बिहारी सोनाक्षीको पन्जाबी मन

कात्तिक २९, काठमाडौँ-पछिल्लो समय बलिउड चलेका नायिकाको कोटीमा पर्ने एउटा नाम हो  अभिनेत्री सोनाक्षी सिन्हा । उनको परिवार बिहारी हो । तर सोनाक्षी भन्छिन्, “म मन देखिनै पञ्जाबी हुँ” । सोनाक्षीले आफ्नो आउँदो फिल्म ‘एक्शन जैक्सन’ को गीत ‘पन्जाबी मस्त’ लाई लिएर ट्विटरमा लेखिन्, “म जन्मले पन्जाबी होइन, तर मन देखि र खान पानमा पुरै पन्जाबी हुँ” ।

प्रभुदेवा निर्देशित फिल्म ‘एक्शन जैक्सन’ मा सोनाक्षीसँग अभिनेता अजय देवगण रहेका छन् । गीतमा पनि मुख्य कलाकार छन् । यो गीत अंकित तिवारी, हिमेश रेशमिया, विनीत सिंह, आर्य आर्चाय, आलमगीर खान र नीति मोहनले गाएका हुन् ।