नेपालद्धारा यूएई ९४ रनले पराजित, एसीसी यू १९ को उपविजेता

कात्तिक २९, काठमाडौँ-नेपालले यूएईलाई ९४ रनले पराजित गर्दै  एसीसी यू(१९ प्रिमियर क्रिकेटको उपविजेता बनेको छ । यससँगै सन् २०१६ मा बंगलादेशमा हुने यू(१९ विश्वकप खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको यूएई ४४।३ ओभरमा १५६ रन जोड्दा अलआउट भयो । यसअघि कुवेत सिटीको टाकटेक मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५० रन बनायो ।

खाता नखोल्दै पहिलो विकेटका रुपमा ओपनर सुनिल धमलालाई गुमाएको नेपालले त्यसपछि सम्हालिएर व्याटिङ गर्‍यो । सन्दिप सुनार र आरिफ शेखले दोस्रो विकेछका लागि ५२ रनको साझेदारी गरे । शंकर १८ रनमा आउट भए । तेस्रो विकेटका लागि आरिफले शंकर रानासँग ८३ रनको साझेदारी गरे ।

आरिफले ६० रन बनाए । ८६ बलको सामना गरेका उनले चार चौका र एक छक्का हाने । चौथो विकेटका रुपमा आउट भएका शंकर रानाले ४८ रन बनाए । प्रेम तामाङले ४८ बलमा चार चौकासहित ४६ रन बनाए । नावौं नम्बरमा व्याटिङ गर्न आएका यागेन्द्र कार्कीले २८ बलमा चार चौकासहित अविजित ३५ रन बनाए ।

अफगानिस्तानसँग ५ विकेटले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । अफगानसँगको हारपछि नेपालको उपाधि सम्भावना गणितीय हिसाबमा मात्र बाँकी छ । साथै २०१६ मा बंगलादेशमा हुने यू–१९ विश्वकपमा सिधै छनोट हुने मौका गुमाएको छ ।