सचिव चन्दपक्षद्वारा बैठक बहिस्कार

कार्तिक २९ काठमाडौँ-नेकपा–माओवदादीको केन्द्रीय समितिको  बैठक सचिव नेत्रविक्रम चन्द पक्षले बहिस्कार गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा शनिबारदेखि सुरु भएको बैठकमा विप्लव पक्षले सहभागीता नै जनाएन । विस्तारित बैठक बोलाउनुपर्ने आफूहरुको माग भएका कारण केन्द्रीय समितिको बैठकमा सहभागी नभएको एक नेताले बताए । सचिव चन्द पक्षले बहिस्कार गरे पनि केन्द्रीय समितिको बैठक भने जारी छ । चन्द पक्षले कपिलवस्तुको शिवनगरमा छुट्टै भेलाको आयोजना गरेको छ ।