कांग्रेस एमाले धोकेबाज : प्रचण्ड

कात्तिक २७, काठमाडौँ-एकीकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताका नाममा काग्रेस एमालेले धोका बाहेक केही नदिएको बताएका छन् । प्रचण्डले काग्रेस–एमालेले संधियतालाई भौगोलिक विभाजन र विकेन्द्रीकरणमा मात्रै सिमिति गरेर
जनतामाथि बेइमानी गरेको र धोका दिएको आरोप लगाए ।

बिहिबार रोल्पाको माडिचौरमा आयोजीत कार्यक्रममा बोल्दै उनले  घियताले जनतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा कांग्रेस एमाले भौगोलिक विभाजन र बिकेन्द्रीकरणमा मात्रै सिमित गर्न लागेको बताए ।

यस्तै सदरमुकाम लिबाङमा जनसभालाई सम्बोधन गर्दै प्रचण्डले काग्रेस एमालेको बेइमानीबिरुद्ध अब देशका ७५ वटै जिल्लामा शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको र त्यसका लागि जनता जुरुक्कै दावी गरेका छन् ।