संघीयतामा लचक हुन सकिन्छ : एमाओवादी

कात्तिक २७, काठमाडौँ-संघीयतामा आफ्नो अडान कायम गर्दै आएको एमाओवादी अहिले भने लचीलो बन्ने संकेत देखाएको  छ । संघीयतामा  गएपनि प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई दिनेगरि सहमति गर्न सकिने माओवादीले जनाएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितिमा  नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज सयुक्त पत्रकार सम्मेलन गरि पार्टीको धारणा सार्वजनिक गरेका हुन् । राजधानीमा ओयोजीत संचारकर्मी भेटघाटमा नेताद्धयले संघीयताको बिषयमा संख्यामा लचक हुन सकिने र नाम प्रदेशलाई राख्न दिनेगरि सहमति गर्न सकिने धारणा राखेका थिए ।  उनीहरुले आफूहरु १० प्रदेश हुनैपर्छ भन्ने अडान राख्ने पक्षमा नरहेको र छलफलबाट निकास दिन सकिने बताएका छन् ।