ईबोलाको नयाँ ढगंले उपचार शुरु

कात्तिक २७, काठमाडौँ-बेलायति सस्था डाक्टर विथ आउट बोर्डसले ईबोलाको उच्च संक्रमित क्षेत्र, पश्चिम अफ्रिकामा नयाँ तरिकाबाट उपचार गर्ने काम शुरु गरेको छ । एम एस एफले पश्चिम अफ्रिकाको तीन ठाँउलाई केन्द्र बनाएर नयाँ तरिकाबाट निशुल्क रुपमा ईबेला संक्रमितहरुको उपचार शुरु गरेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार उपचार केन्द्रमा ईबोला लागेको शुरुको १४ दिन भित्र पुग्नेहरुलाई बचाउन सकिने खालको औषधि प्रयोग गरिने छ ।  जहाँ विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त २ ओटा औषधि प्रयोग गरिने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।