सार्कमा तीन दिन सार्वजनिक बिदा हुने

कात्तिक २७, काठमाडौँ-आसन्न सार्क शिखर सम्मेलनका लागि काठमाडौं उपत्यमा   ३ दिन सार्वजनिक सार्वजनिक विदा हुने भएको  छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । रिजालका अनुसार  मंसिर ९, १० र ११ गते सार्वजनिक विदा हुनेछ ।सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी ब्यवस्थापनका लागि विदा दिईएको सरकारी भनाई छ । आउदो मंसिर १० र ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्क शिखर सम्मेलन हुदैछ ।