निमोनिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

कात्तिक २६, काठमाडौँ-निमोनिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाईदैछ । ‘निमोनिया रोकथाम र स्याहारको लागि सर्वव्यापी पहुँच भन्ने नाराका साथ यो दिवस मनाइदैछ । सन् २००९ देखि मनाउन थालिएको दिवस त्यस यता प्रत्येक बर्ष नोभेम्बर १२ का दिन मनाईन्छ । दिवसका अवसरमा निमोनिया र यसबाट बच्ने उपायका बारेमा विभिन्न चेतनामुलक कार्यक्रम हुदैछन् । स्वास्थ मन्त्रालयअन्तर्गत राष्ट«िय स्वास्थ्य, शिक्षा, सुचना तथा सञ्चार केन्द्रले राजधानीको कान्ति बाल अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेको छ । निमोनियालाई बाल मृत्युको सबैभन्दा ठूलो कारक मानिन्छ ।