नेपालले दियो मलेसियालाई ११६ रनको लक्ष्य (अपडेट)

काठमाडौँ- एसीसी यू १९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाफी ब्याटिगं थालेको मलेसियाले ताजा अवस्थामा १७ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै ५६ रन जोडेको छ । टस जितेर पहिले व्याटिङ थालेको नेपालले ४० ओभरमा  सबै विकेट गुमाउँदै जम्मा ११५ रन जोड्न सफल भएको  हो । यसअभिका दुई खेलमा ३०० बढी रन बनाएको नेपालले मलेसीयासँग उत्कृष्ट खेल खेल्न सकेन । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए भने, सुनिल धमला १९, प्रेम तामाङ १६ र यागेन्द्र कार्की ११ रनमा आउट भए । प्रदिप ऐरी १२ रनमा अविजित रहे ।