८ आणविक भट्टि स्थापना हुने

कात्तिक २६, काठमाडौँ-रुस र इरानले संयुक्तरुपमा थप ८ वटा आणविक भट्टि स्थापना गर्ने निर्णय गरेका छन । इरानको आाणविक गतिविधिलाई खुम्च्याउन दिइएको समयसिमा सकिन दुईसाता मात्र बाँकि रहदा रुस र इरानबीच थप आणविक भट्टी स्थापना गर्ने सहमती भएको हो ।  तत्काल २ वटा भट्टी स्थापना गर्ने र अन्य ६ वटालाई केही समयपछि निर्माण गरेर सञ्चालनमा ल्याने दुई देशको योजना छ । आणविक बम निर्माण हुने आशंकामा विश्वका शक्ति राष्ट्रहरुले आणविक कार्यक्रम बन्द गर्न ईरानलाई दबाब दिदै आएका छन् ।