दुई करोड भ्रष्टाचार मुद्दामा साधारण तारेख

कात्तिक २६, काठमाडौं-विशेष अदालतले पोखरा विश्वविद्यालयका उपकूलसहितका पदाधिकारीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। कलेज सम्बन्धन,भौतिक निर्माण र कर्मचारी नियुक्तिलगायतमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि मुद्दा दायर गरेको थियो।
आजको नयाँ पत्रिका लेख्छ, अख्तियारले गत कात्तिक ११मा उपकूलपति प्रा.डा. खगेन्द्रप्रसाद भट्टराईसहित २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूबाट दुई करोड २४ लाख १६ हजार सात सय सात रुपैंयाँ  ९२ पैसा विगो माग दावी गरिएको थियो। विशेष अदालतले तत्कल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई थुनेर कारबाही अगाडि बढाउनुपर्ने आवश्यकता नदेखिएको भन्दै मंगलवार रिहा गर्न आदेश दिएको हो।