दक्षिण एसियामा नेपाल उपयुक्त लगानी क्षेत्र

कात्तिक २६, काठमाडौं-अर्थमन्त्री रामशरण महतले नेपाल दक्षिण एसियाको सुरक्षित र आकर्षक लगानी गन्तब्य बन्दै गएको बताएका छन्। उनले लगानीकर्तालाई प्रतिफलको सुनिश्चितता सरकारले गर्ने प्रतिवद्दता पनि जनाएको खबर आजको नागरिकमा छापिएको छ।

नेपाल उद्योग परिसंघले सरकार र विभिन्न दाताको सहयोगमा आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मंगलबार अर्थमन्त्रीले नेपालको जविद्युत र औधोगिक क्षेत्रमा लगानी बढ्दै गएको बताए।’सिमेन्ट उद्योगमा आत्मनिर्भर हुने अवस्था आइरहेको छ,’ उनले भने,’सूचना प्रविधिको क्षेत्रमा समेत प्रगति भइरहेको छ।