औषधी बेच्नुअघि बिरामीलाई २० मिनेट परामर्श अनिवार्य

कात्तिक २६,काठमाडौं-औषधी विक्रीवितरण अव्यवस्थित र भरपर्दाे बनाउन सरकारले औषधी विक्रीवितरण संहिता२०७१ जारी गरेको छ। जथाभावी औषधी बेच्दा विरामीको स्वास्थ्यमान नकारात्मक असर परेको गुनासा बढ्न थालेपछि सरकारले संहिता बनाएको हो।

आजको अन्नपूर्णपोष्टका अनुसार अब औषधी बेच्दा बिरामीलाई पेस्क्रीप्सनमा लेखिएको औषधीको प्रयोगको बारेमा कम्तीमा २० मीनेट परामर्श दिनुपर्ने अनिवार्य गरिएको आचारसंहिता जारी भएको हो।
संहितामा जथाभावी औषधी बेच्नेको लाइसेन्स खारेजसम्म हुने उल्लेख छ। त्यस्तै प्रत्येक औषधी पसलहरूमा विरामीलाई आराम गर्ने व्यवस्थासहितको कोठा हुनुपर्न पनि अनिवार्य गरिएको छ।